arrow

नेपाल-भारत उच्चस्तरीय संवाद हुने !

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
india-map-and-flag-1310791.png.png
काठमाडौं । सुस्ता र कालापानीलगायत सीमा विवाद सकेसम्म छिटो हल गर्न नेपाल-भारत उच्चस्तरीय संवाद हुने भएको छ । असार ५ र ६ गते दुई देशको वाउन्ड्री वर्किङ ग्रुपको बैठक दिल्लीमा बस्ने भएको छ ।
 
त्यसलगत्तै सुस्ता र कालापानीको विवाद हल गर्न परराष्ट्र सचिवस्तरको बैठक गर्ने तयारी छ । त्यसअगाडि दुई प्राविधिक समिति सर्वे अफिसियल समिति र फिल्ड सर्वे टिमको बैठक बस्ने छ, जसले स्थलगत रूपमा देखिएका समस्याहरूबारे प्रतिवेदन तयार पारेको छ ।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपालको भ्रमण गरेपछि अन्य क्षेत्रमा जस्तै सीमा विवादसम्बन्धी वार्तामा केही प्रगति भएको थियो । २०६४ देखि सीमा विवादसम्बन्धी दुईपक्षीय वार्ता ठप्प थियो। मोदीको भ्रमणको एक साताअघि भएको विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समयमा दुवै देशका नापी विभागका महानिर्देशकको नेतृत्वमा वर्किङ ग्रुप बनाउने सहमति भएको थियो ।
 
२०७१ आश्विन ३ गते उक्त ग्रुपको पहिलो बैठक काठमाडौंमा बसेको थियो । बैठकले सर्वे अफिसियल समिति र फिल्ड सर्वे टिम गठन गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ - दुई समितिलाई भत्केका तथा हराएका पिलरहरूको मर्मतसम्भार गर्ने तथा नयाँ राख्ने, दशगजामा भएको अतिक्रमण तथा अन्य अनधिकृत गतिविधिहरूबारे माथिल्लो निकायलाई रिपोर्ट दिने कार्यादेश दिइएको थियो ।
 
आगामी बैठकमा सीमा अतिक्रमण, दशगजामा भइरहेको अनधिकृत गतिविधिलगायत विषयमा प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनको विषयमा छलफल गरिनेछ । 
 



लोकप्रिय समाचार
नयाँ