arrow

मेकोंग नदीका ड्याम चीनलाई महँगो पर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
mekong-river-map.jpg

काठमाडौं। चीनले मेकोंग नदीमाथि निर्माण गरेको विवादास्पद ड्यामको विवाद शान्त पार्न प्रयास जारी राखेको छ। तर, चीनले बनाएको ड्यामले पानीको संकट झेल्न पुगेका मुलुकहरु रुष्ट भएसँगै त्यसबाट पन्छिन चीनलाई अफ्ठ्यारो हुँदै गएको छ। चीनमा लाङकाङ भनेर चिनिने मेकोंग नदी भियतनाम, म्यानमार, थाइल्याण्ड, लाओस र कम्बोडियाका करिब ६ करोड मानिसको पानीको स्रोत हो। तर, चीनले यो नदीको मुहान नजिक ठूला ड्याम निमार्ण गरेर नदीमा बहने पानीको मात्रा घटाइ दिएको छ। यसो हुँदा यी अन्य देशका मानिसहरुलाई सिंचाई एवं मत्स्य व्यवसायमा ठूलो घाटा पुगेको छ।

यसबर्षको सुरुतिर वासिंङटनमा रहेको एक अनुसन्धान एवं विश्लेषण फर्मले मेकोंग नदीमा पानीको वहाव एवं मात्रा घटेसँगै अन्य मुलुकका नदी आसपासका क्षेत्रमा अहिलेसम्मकै ठूलो खडेरी परेको रिपोर्ट सार्वजनिक गरेको थियो । चिनियाँ विवाद कायमै रहेका बेला, अहिले मेकोंग नदीको पानी साझेदारी गर्ने अन्य मुलुकहरुसँग अमेरिकाले रणनीतिक सम्बन्ध स्थापना गरेको छ । यसले, चीनलाई अब नदीको पानी हस्तक्षेपमा ठूलो चुनौती सिर्जना हुने एक कुटनीतिक पर्यवेक्षकले बताएका छन् ।

एसियाली मामिलाका लागि चिनियाँ उपविदेशमन्त्री लुओ झाओहुइले सोमबार बाह्यशक्तिले चिनियाँ विवादमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । भियतनाम, थाइल्याण्ड, म्यानमार, लाओस र कम्बोडियाले संयुक्तरुपमा अगाडि बढ्ने आह्वान गर्दासमेत बाहिरी शक्तिले हस्तक्षेप गरिरहेको आरोप उनले लगाएका हुन् । अमेरिकाको नाम नलिएरै उनले भने, ‘नदी क्षेत्र बाहिरका केही मुलुकहरुले जलस्रोतलाई राजनीतिक प्रयोजनका दृष्टिकोणले हेरिरहेका छन्, यसले यो क्षेत्रमा सहकार्य गरिरहेका देशहरुबीच मतभेद सिर्जना गराउन खोजेको छ ।’

लामोसमयदेखि भियतनाम, थाइल्याण्डलगायतले चीनलाई नदीको हाइड्रोलोजिकल सुचनाहरु सार्वजनिक गर्न आग्रह गर्दै आएका थिए । हालैमात्र नदीको हाइड्रोलोजिकल तथ्यांक सार्वजनिक गर्नका लागि एक वेबसाइट प्रयोगमा ल्याइएको उनले बताएका छन् । सन् १९९० देखि युनान प्रान्तमा (मेकोंग नदी किनारमा) चीनले क्रमवद्धरुपमा ड्याम निमार्ण गर्दै आएको छ । यद्यपी यसबारेका सुचना एवं तथ्यांकहरु चीनले सार्वजनिक गर्ने गरेको थिएन ।

चीनले यो क्षेत्रमा आफ्नो एकतर्फी प्रभुत्व बढाइरहेको आरोप लागेका बेला अमेरिकाले यसै वर्षको सेप्टेम्बरमा ‘मेकोंग—अमेरिकी सहकार्य’ सार्वजनिक गरेको छ । जलस्रोत र पर्यावरणीय सुरक्षाका लागि अमेरिकाले यो क्षेत्रमा १५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

गुआन्जाउ विश्वविद्यालयका एसियन मामिला विद् झांग मिंगलिएंगले, ‘चीन र अमेरिकाले यो क्षेत्रमा आफ्नो प्रभुत्व बढाउँदै यो क्षेत्रलाई भुराजनीतिको मैदान बनाएको कुरा आश्चर्यजनक नभएको’ बताए । ‘‍चीनले छिमेकी मुलुकहरुलाई हुन जाने घाटा थाहा हुँदाहुँदै ड्माय निमार्ण गरेको उनले बताएका छन् । यसबाहेक मेकोंग नदीको विवादले भियतनामसँगको सम्बन्धलाई झनै कमजोर पारेको झांग बताउँछन् । दक्षिण चीन सागरको विवादमाथि भियतनामसँगको सम्बन्ध झनैं शिथिल बन्न पुगेको उनको भनाइ छ ।

चीनलाई अहिले मेकोंग नदीमाथि गरेका गतिविधिहरु महंगा सावित हुँदै गएका छन् । मेकोंग नदीमा आधारित अन्य मुलुकहरुले अहिले बाहिरी देशबाट मद्दत मागेसँगै चीनलाई विवाद साम्य पार्न कठिनाइ हुँदै गएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ