arrow

कुबेतका अमिरले प्रधानमन्त्रीमा शेख सबालाई नै गरे पुनः नियुक्त

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
Kuwait.jpg.jpeg

कुबेत सिटी । कुबेतका अमिर शेख नवाफ अल-अहमद अल-जावेर अल-सबाले मङ्गलबार प्रधानमन्त्रीमा पुनः शेख सबा खालिद अल-हमद अल-सबालाई नै नियुक्त गरेका छन् ।

कुबेत न्युज एजेन्सी (केयूएन्ए) का अनुसार कुबेतमा शनिबार सम्पन्न निर्वाचनपछि कुबेती संबैधानिक व्यवस्था अनुसार शेख सबाले प्रधानमन्त्रीबाट आइतबार राजिनामा दिएका थिए । 

अमिरले शेख सबाले प्रधानमन्त्रीबाट दिएको राजिनामा स्वीकृत गरी उनलाई नै अर्को व्यवस्था नहुन्जेलका लागि कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी तोकेका थिए । 

कुबेती अमिरले प्रधानमन्त्री शेख सबालाई नयाँ सरकार गठनका लागि मन्त्रीहरूको नामावली छनोट गरी अनुमोदनका लागि पेश गर्नसमेत मङ्गलबार निर्देशन दिएका छन्  ।

बायन प्यालेसमा अमिरसँग भएको भेटमा नवनियुक्त प्रधानमन्त्री शेख सबाले कुबेती सरकारको नेतृत्वका लागि आफूलाई पुनः छनोट गरेकोमा कृतज्ञता प्रकट गरेको बताइएको छ । उक्त अवसरमा उनले कुबेती कानुन र परिधि अनुसार राज्य तथा नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कुबेतले गत शनिबार ५० सीटको संसदका लागि गरेको निर्वाचनमा कूल ३२६ जनाले प्रतिस्पर्धा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ