arrow

हङकङले कोरोना नियन्त्रणका लागि पुनः थप कडाइ गर्दै

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
hongkong-security-office.jpg

बेइजिङ । हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ ।

हङकङमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका संक्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताएका हुन् ।

महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ ।

हङकङमा गत हप्ताभरीमा ६६१ जना संक्रमित भएको बताइएको छ । संक्रमितहरूमा पाका उमेरका व्यक्ति मात्र नभई अधबैसै तथा किशोरकिशोरीका साथै केही बालबालिका पनि रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ