arrow

अमेरिकी राजनीतिः पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाइडेनको बाचा

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
joe-biden3.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको एक सय दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने दावी गरेका छन् । 

उनले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्ने छन् । बाइडेनले आफ्नो कार्यकालका शुरुआती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबीचमा कोरोनाको बिचमा कोभिड(१९ को बाटो भने मोड्ने बताएका छन् । 

बाइडेनले आफ्नो योजना थप बनाएका छैनन् । उनले यसअघि सय दिनको योजनाभित्र अनिवार्य मास्क लगाउन आग्रह गरिसकेका छन् । 

मङ्गलवार नै अमेरिकी नियामकले फाइजर–बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ