arrow

भारतमा ‘रहस्यमय’ रोग फैलियो, बिरामीको ‘रगतमा सिसा र निकेल’

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २४ बुधबार
india-map-and-flag-1310791.png.png

काठमाडौं । भारतको आन्ध्र प्रदेशको गोदावरी जिल्लाको ईलुरु शहरमा नयाँ ‘रहस्यमय’ किसिमको रोग फैलिएको छ ।कोरोना भाइरसको माहामारीको समयमा ३ लाखभन्दा बढी जनसंख्या रहेको उक्त शहरमा नयाँ किसिमको रोग फेला परेको हो ।

बिरामी सबैमा एकै किसिमको लक्षण देखिएको छ । उनीहरु एक्कासी बेहोस हुने, त्यसपछि होसमा आउँने र केही घण्टामा अस्पतालबाट डिस्चार्ज हुने प्रकृया चलेको छ ।

अहिलेसम्म त्यहाँ ५ सय १० जना बिरामी भइसकेका छन् । राज्य स्वास्थ्यमन्त्री ए के कृष्ण श्रीनिवासले बिरामीमध्ये ४ सय ३० जना निको भइसकेको र १ जनाको मृत्यु भएको बताएका छन् ।

स्वस्थ्यमन्त्री श्रीनिवासका अनुसार आज, थप ४० जनामा बिरामी थपिएका छन् । उनले सबै नागरिकहरुलाई नआत्तिँन आग्रह गरेका छन् ।

स्वस्थ्यमन्त्री श्रीनिवासले भनेका छन्, ‘यतिबेला सबै डराएका छन्, तर धैर्य राख्न आग्रह छ, हामी बिरामीको कारण के हो ?, भनेर पत्ता लगाउँन लागि परेका छौं ।’

स्वास्थ्य अधिकारीहरुले दुषित पानी र खानाका कारण बिरामी भएको बताएका छन् । अल इन्डिया इन्स्च्युट अफ मेडिकल साइसेन्स (एम्स)ले बिरामीमध्ये केहीको रगतको नमुनामा सिसा र निकेलको अवशेष फेला परेको बताएको छ ।

ईलुरु शहरका सुपरिटेन्डेन्ट डा. एभी मोहनले परीक्षणका लागि थप नमुना संकलन गरेर पठाइएको बताएका छन् ।

राष्ट्रिय पोषण संस्थानका वैज्ञानिकहरुले स्नायुसम्बन्धी समस्या भएको समेत बताएका छन् ।

यदि यो रोग हावाबाट सर्ने हो भने, चिन्ताको विषय बनेको छ । यद्यपी, अहिलेसम्मका ७० प्रतिशत बिरामी शहरी क्षेत्रका रहेका छन्, भने घरको एकजना मात्रै बिरामी भएका छन् ।

भारतीय स्वास्थ्य विज्ञान संस्थानहरुले यो रोगबारे थप अध्ययन, अनुसन्धान एवं परीक्षण गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ