arrow

जो बाइडेनले भने— ‘चीनविरुद्धका नीति परिवर्तन हुँदैनन्’

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २४ बुधबार
joe-biden3.jpg

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमाथि ट्रम्प प्रशासनद्वारा लागु गरिएका नीतिहरु तत्काल नफेरिने बताएका छन् ।मंगलबार एक अन्तर्वातामा बोल्दै बाइडेनले, ‘ट्रम्प प्रशासनले चिनियाँ आयातमाथि लगाएको २५ प्रतिशत सीमाशुल्क र सन् २०२० र २१ भित्र चीनले २ सय अर्ब अमेरिकी डलर बारबरको अमेरिकी समान किन्नुपर्ने सम्झौता तत्काल नफेरिने’ बताएका हुन् ।

‘म तत्काल कुनै कदम चाल्न गइरहेको छैन्,’ बाइडेनले भने, ‘सीमाशुल्कको मामिलामा पनि कुनै पूर्वाग्रह गर्ने छैन् ।’

यसबाहेक बाइडेनले ‘एसिया, युरोपका मित्रराष्ट्रहरुसँगको पूरानो सम्झौता एवं रणनीतिहरुबारेमा सुरुमा आफुले पूरा अध्ययन गर्ने’समेत बताएका छन् ।

‘आफ्ना मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुरुकै अवस्थामा ल्याउने अर्थात सकारात्मकतातिर ल्याउँने आफ्नो पहिलो प्राथमिकताको विषय’ रहने उनले बताएका छन् ।

ट्रम्प प्रशासनले चिनियाँ आयातमा शुल्क लगाउँनुको कारण अमेरिकी निर्यात कम गराउँदै अर्थतन्त्रलाई सुस्त पार्नु थियो ।

यसो हुँदा उक्त शुल्क हटाउँनका लागि चीनले एक सम्झौतामा हस्ताक्षर गर्नुपर्ने थियो, जसले बौद्धिक सम्पती एवं प्रविधि चोरी गरेको कुरालाई नियन्त्रण गर्छ ।

पहिलो चरणको सम्झौताले दुई देशबीचको व्यापार युद्धलाई कमजोर पार्ने अपेक्षा गरिएको छ । यद्यपी कोरोना भाइरसको माहामारीले दुवै देशबीच झनै तनाब सिर्जना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ