arrow

पाकिस्तान र चीन धार्मिक स्वतन्त्रता हनन गर्ने आठ देशको सूचीमा

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २४ बुधबार
china-pakistan-flag.jpg

काठमाडौं। अमेरिकाले पाकिस्तान र चीनलाई धार्मिक स्वतन्त्रताको हनन हुने आठ देशहरूको सूचीमा मनोनयन गरेको छ। विदेश सचिव माइक पोम्पीओद्वारा  सोमबार जारी विज्ञप्तिमा पाकिस्तान र चीनलगायत म्यानमार, एरिट्रिया, इरान, नाइजेरिया, उत्तर कोरिया, साउदी अरेबिया, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई उक्त सूचीमा राखिएको जनाइएको छ। यी मुलुकहरूले योजनाबद्ध रूपमा धार्मिक स्वतन्त्रताको लगातार घोर उल्लंघन गर्दै आएको बिज्ञप्तिमा उल्लेख छ।

अमेरिकी परराष्ट्र विभागले कोमोरोज, क्युबा, निकारागुआ र रसियालाई विशेष निगरानी सूचीमा राखेको छ। यी देशहरूमाथी पनि धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न रहेको वा उल्लंघन गर्न छुट दिइरहेको आरोप लगाइएको छ।

पोम्पीओको बिज्ञप्तिमा धार्मिक स्वतन्त्रता अपरिहार्य अधिकार रहेको भन्दै यो स्वतन्त्रता चाहनेहरुलाई जोगाउनको लागि सो कदम चालिएको बताए। संयुक्त राज्य अमेरिकाले अल शबाब, अल कायदा, बोको हराम, हयात ताहिर अल-शम, होथी, आईएसआईएस, आईएसआईएस-ग्रेटर सहारा, आईएसआईएस-पश्चिमी अफ्रिका, जमात नासेर अल इस्लामावल मुसलमीन र तालिबानलाई "विशेष चिन्ताको संगठन"को सूचीमा राखिएको पनि उल्लेख गरिएको छ।

पोम्पीओले गत वर्ष सुडान र उज्बेकिस्तान सरकारले गरेको उल्लेखनीय र ठोस प्रगतिका कारण उनीहरूलाई विशेष निगरानी सूचीबाट हटाइएको बताए। उनले कानून सम्बन्धी सुधारका कारण यी देशहरु अरु राष्ट्रहरुको लागी आदर्श बनेका पनि बताए। अमेरिकाले विश्वव्यापी रूपमा धर्मको नाममा हुने दुरुपयोग र दमनको अन्त्य गर्न अथक प्रयास गरिरहने उनले प्रतिबद्धता जाहेर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ