arrow

बाइडेनका छोरा हन्टरमाथि कर छलीको आरोप

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
biden-son.jpg

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनको कर छलीको अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको बीबीसीले लेखेको छ ।

बाइडेनका छोरा हन्टरले भने आफु निर्दोष रहेको बताएका छन् । उनले यो विषयलाई आफूले निकै गम्भीरताका साथ लिइरहेको र कानुनी ढंगले सही निर्णय आउनेमा विश्वस्त रहेको बताएका छन् । 

सन् २०२० को चुनाव अभियानमा हन्टर राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको निशानामा परेका थिए । 

जब डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइयो तब हन्टरका बाबु जो उपराष्ट्रपति हुँदा हन्टर एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश थिए भन्ने विषय पनि छानबिनको दायरामा आएको थियो ।

जो बाइडेन ७७ वर्षका भए भने हन्टर ५० वर्षका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ