arrow

दक्षिण अमेरिकी सबैभन्दा प्रभावित राष्ट्र ब्राजिल, चौबीस घण्टामा आठ सय बढीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
corona-brazil1.jpg

साओ पाओलो । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७९ हजार ९९५ जनाको मृत्यु भएको छ । 

त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा ५३ हजार ४५३ जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  दक्षिण अमेरिकी यस देश कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६७ लाख २८ हजार ४५२ जना संक्रमित फेला परिसकेका छन् ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा गत २४ घन्टामा ८३६ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो ।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै  ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उनको विरोध भएको हो ।

यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि बृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ