arrow

थामिएन कोरोना महामारीः यस्तो छ विश्वका शीर्ष दश पीडित देशको आँकडा

एकैदिन बढे ६ लाख ७६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित, १२ हजार ६ सय बढीको मृत्यु  

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
corona-test-kit-usa.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी अहिलेसम्म थामिने लक्षण ल्याएको छैन । बिहीबार मात्रै ६ लाख ७६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । एकै दिन १२ हजार ६२४ जनाको ज्यान गएको छ । 

विश्वभर हाल ७ करोड ७० लाख संक्रमित भएका छन् । तीमध्ये ४ करोड ९१ लाख भन्दा बढीलाई निको भएको छ भने दुई करोडको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् । तीमध्ये एक लाख ७ हजार बराबर गम्भीर बिरामी छन् । 

अहिलेसम्म १५ लाख ८७ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ । 

सबैभन्दा बढी पीडित अमेरिकामा बिहीबार २ लाख १७ हजार भन्दा बढी संक्रमित थपिएर कुल संक्रमितको संख्या १ करोड ६० लाख ३९ हजार बराबर पुगेको छ । मृतक २ हजार ९७३ थपिएर २ लाख ९९ हजार ६९२ पुगेको छ । 

दोस्रो स्थानको भारतमा ३४ हजार ६६६ जना संक्रमित थपिएर ९७ लाख ९६ हजार ९९२ जना संक्रमित पुगेका छन् । मृतक ४८७ थपिएर १ लाख ४२ हजार २२२ पुगेका छन् । 

तेस्रो स्थानको ब्रजिलमा ५३ हजार ४२५ जना थपिएर कुल संक्रमित ६७ लाख ८३ हजार ५४३ जना पुगेका छन् । मृतक ७६९ थपिएर ४५ हजार २८० पुगेका छन् । 

चौथो स्थानको रुसमा २७ हजार ९२७ जना संक्रमित थपिएर २५ लाख ६९ हजार १२६ पुगेका छन् । मृतक ५६२ थपिएर ४५२८० पुगेका छन् । 

पाँचौं स्थानको फ्रान्समा १३ हजार ७५० संक्रमित थपिएर २३ लाख ३७ हजार ९६६ पुगेका छन् । मृतक २९२ थपिएर ५६ हजार ९४० पुगेका छन् । 

छैटौं स्थानको बेलायतमा २० हजार ९६४ जना संक्रमित थपिएर १७ लाख ८७ हजार ७८३ जना पुगेका छन् । मृतक ५१६ थपिएर ६३ हजार ८२ पुगेका छन् । 

सातौं स्थानको इटालीमा १६ हजार ९९९ जना संक्रमित थपिएर १७ लाख ८७ हजार १४७ जना पुगेका छन् । मृतक ८८७ थपिएर ६२ हजार ६२६ पुगेका छन् । 

आठौं स्थानको टर्कीमा ३० हजार ४२४ संक्रमित थपिएर १७ लाख ४८ हजार ५६७ जना पुगेका छन् । मृतक २२० थपिएर १५ हजार ७५१ पुगेका छन् । 

नवौं स्थानको स्पेनमा ४ हजार ५९५ जना थपिएर कुल संक्रमित १७ लाख ३४ हजार ३८६ पुगेका छन् । मृतक ३२५ थपिएर ४७ हजार ३४४ पुगेका छन् । 

दशौं स्थानको अर्जेन्टिनामा ६ हजार ९९४ थपिएर कुल संक्रमित १४ लाख ८२ हजार २१६ पुगेका छन् । मृतक २०९ थपिएर ४० हजार ४३१ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ