arrow

खोप दिनुअघि अमेरिकामा बढ्यो महामारी, एकैदिन तीन हजार बढीको मृत्यु

logo
एपी,
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
corona-vaccine1.jpg

मिसन । अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ । 

कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा एकैदिन तीन हजार १२४ व्यक्तिको मृत्यु भएको छ । 

पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकामा अहिले पनि एक लाख छ हजारभन्दा बढी संक्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन् । 

महामारी देशभरी नै बढ्दै गइरहेको र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दवाव पनि बढेको अधिकारीहरूले बताएका छन् । 

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल एक करोड ५५ लाखभन्दा बढी संक्रमित भएका छन् । 

एकैदिनमा मृत्यु भएकाहरूको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ । 

यसअघि गत अप्रिल १५ मा सवैभन्दा धेरै एकैदिनमा दुई हजार ६०२ जनाको मृत्यु भएको थियो । न्युयोर्क शहरमा कोरोना महामारीको केन्द्र बनेको बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको  थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ