arrow

बेलायतले क्वारेन्टिन अवधि घटाउने, अब दश दिन मात्रै बस्नुपर्ने

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
corona-england.jpg

लन्डन । बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ संक्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ । 

वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ । अब भने संयुक्त अधिराज्य (बेलायत) का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ । 

कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो ।

कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन् । 

“संक्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिनेछांै,” बेलायती वरिष्ठ चिकित्सा अधिकारीहरूले बताए । संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरूले बताए । 

बेलायतमा विगत २८ दिनमा संक्रमित ५१६ जनाको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ संक्रमित ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कूल संक्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ । 

यो हप्ताको सुरुमा सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरु गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ