arrow

भारतमा ९८ हजार नाघे कोरोना संक्रमित, बढ्दै निको हुने

logo
प्रकाशित २०७७ मंसिर २७ शनिबार
corona-india10.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ९८ लाख नाघेको छ । शनिबार बिहानसम्म संक्रमितको संख्या ९८ लाख २७ हजार २६ पुगेको हो । शुक्रबार २९ हजार ९६१ जना संक्रमित थपिएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३ लाख ५८ हजार ६६ रहेको छ । शुक्रबार ३३ हजार ४९२ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ९३ लाख २३ हजार ७९२ पुगेको छ । 

शुक्रबार ४४० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ६६२ पुगेको छ । 

सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा पुगेका छन् । शुक्रबार ४ हजार २६८ थपिएर १८ लाख ७२ हजार ४४० पुगेका छन् । त्यहाँ सक्रिय संक्रमित ७३ हजार ३१५ जना छन् । ज्यान गुमाउने ४८ हजार ५९ पुगेका छन् । 

दिल्लीमा २ हजार ३८५ थपिएर कुल संक्रमित ६ लाख ५८ हजार ६३४ पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ