arrow

कोरियामा अहिलेसम्मकै धेरै संक्रमित भेटिए

logo
सोल,
प्रकाशित २०७७ मंसिर २७ शनिबार
corona-korea.jpg

एएफपी । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा संक्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । 

सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना संक्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ । 

उनीहरुका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ संक्रमित थपिने गरेका थिए ।   

कोरिया रोक नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ । 

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन् ।

महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उनले जानकारी दिए । 

रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको संक्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ । 

संक्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ ।

रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ