arrow

भारतमा कोरोना संक्रमित र निको हुनेको दूरी घट्दो, केरलमा बढ्दै संक्रमित

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
corona-india.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ९८  लाख ५७ हजार ३८०  पुगेको छ । शनिबार ३० हजार ३५४ जना संक्रमित थपिएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३ लाख ५४ हजार ९०४ रहेको छ । शनिबार ३३ हजार ८७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ९३ लाख ५६ हजार ८७९ पुगेको छ । 

शनिबार ३९१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ५५ पुगेको छ । 

सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा पुगेका छन् । शनिबार ४ हजार २५९ थपिएर १८ लाख ७६ हजार ६९९ पुगेका छन् । त्यहाँ सक्रिय संक्रमित ७३ हजार ५४२ जना छन् । ज्यान गुमाउने ४८ हजार १२९ पुगेका छन् । 

शनिबार सबैभन्दा संक्रमित केरलमा थपिए । त्यहाँ ५ हजार ९४९ जना संक्रमित थपिएका छन् । हाल ६० हजार २९ सक्रिय संक्रमित रहेका छन् । ३२ मृतक थपिएर २ हजार ५९५ जना पुगेका छन् । 

पछिल्लो समय केरलमा कोरोना बढी नै फैलिएको छ । भारतमा केरल सक्रिय संक्रमितको दोस्रो स्थानमा रहेको छ । 

दिल्लीमा १ हजार ९३५ जना थपिएर कुल संक्रमित ६ लाख ५ हजार ४७०  पुगेका छन् । मृतक ४७ जना थपिएर ९ हजार ९८१ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ