arrow

अमेरिकी जनतालाई सोमबारदेखि कोरोना विरुद्धको खोप 

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
corona-vaccine-usa.jpg

काठमाडौं । अमेरिकी सरकारले जनतालाई सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रका अमेरिकीलाई खोप लगाउन थाल्ने भएको हो ।

खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइने बीबीसीले लेखेको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित भएको अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले जानकारी दिएको छ ।

एनडीएका अनुसार यो निकै महत्वपूर्ण छ । एनडीएलाई दवाव परेपछि गत शुक्रबार फाइजर र बायोएनटेकको कोरोना भ्याक्सिन प्रयोगका लागि आपतकालीन स्वीकृति दिइएको हो । 

सोमबार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा र मंगलबार ४२५ स्थानमा  खोप दिइने छ । 

विश्वकै सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म १ करोड ६५ लाख ४९ हजार ३६६ जना कोरोनाका संक्रमित रहेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या ६५ लाख ९९ हजार ९५९ रहेको छ । 

अहिलेसम्म ३ लाख ५ हजार ८२ जनाको ज्यान गइसकेको छ । २७ हजार ५२३ को स्वास्थ्य गम्भीर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ