arrow

काबुलमा सांसदको गाडीमाथि बम विस्फोट :  दुईको मृत्यु, सांसदका भाई घाइते

logo
सिन्हवा,
प्रकाशित २०७७ मंसिर २८ आइतबार
afgan-bomb1.jpg

काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।  

राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७:३० बजे सो विस्फोट भएको थियो । यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई बताएका छन्। सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो । 

आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार रहेका थिएनन्।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।  गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ