arrow

दक्षिण अफ्रिकामा सात हजार बढी संक्रमित थपिए

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर २८ आइतबार
south-africa-president-rama.jpg

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा विगत २४ घण्टामा नयाँ ७ हजार ८८२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

यो सहित दक्षिण अफ्रिकामा कूल संक्रमितको संख्या ८ लाख ५३ हजार पुगेको छ । कूल संक्रमितमध्ये २३ हजार १०६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

दक्षिण अफ्रिकामा हालसम्म ७ लाख ६० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्री ज्वेली एमखिजेले देशमा दोस्रो चरणको कोरोना संक्रमण जारी रहेको बताए । उनले भने, “अहिले देशभर कोरोनाको दोस्रो लहर छ । धेरैवटा राज्यका स्वास्थ्य संस्थाहरुले दबाबको महसुस गरिरहेका छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ