arrow

तालिबान अझैं ‘पाकिस्तानबाट संचालित’ रहेको खुलासा

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २८ आइतबार
afgan-defence-minister-asadullah-khalid.jpg

काठमाडौं। अफगानिस्तानका रक्षामन्त्री असदुल्लाह खालिदले तालिबान अझैं पाकिस्तानलाई आधार बनाएर सक्रिय रहेको बताएका छन्। संसदमा बोल्दै उनले पाकिस्तानको क्वेट्टा र मिरान्साहबाट तालिबान सञ्चालित रहेको बताएका हुन्। पाकिस्तानका यी दुई क्षेत्रबाट सञ्चालित तालिबानले आतंकारी गतिविधिका लागि अफगानिस्तान पठाउने गरेको उनको दाबी छ।

प्रतिनिधीसभामा बोल्दै खालिदले तालिबानहरुको अड्डा पाकिस्तानमा रहेको र त्यहाँ उनीहरुलाई तालिम दिएर अफगानिस्तान पठाइने गरेको बताएका हुन्। तालिबानको पाकिस्तानी अड्डामा घाइतेहरुको उपचार भइरहेको एवं त्यहाँ बसोबास रहेको उनको भनाइ छ। अहिले तालिबानका ९६ प्रतिशत गतिविधिहरु बिरुद्ध अफगान सुरक्षा बलले कार्वाही गरेको रक्षामन्त्री खालिदले बताएका छन्। त्यस्तै बाँकी ४ प्रतिशत अन्तराष्ट्रिय संगठनहरुको सहयोगमा हवाई आक्रमण भएको बताएका छन्।

‘कतारले तालिबानसँग गरेको शान्तीवार्ताले सुरक्षा बललाई बाधा पुर्याएको अन्यथा अफगान रक्षाबलले झन ठूलो उपलब्धि हात पार्ने थियो’, रक्षामन्त्री खालिदले भनेका छन्। तालिबानले कतारको कार्यालयमा शान्ति र युद्धविरामको वार्ता गर्न खोजेको र अर्को तर्फ देशभर विद्रोहका गतिविधिहरु बढाएको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ