arrow

गिलगिट बाल्टिस्तानका प्रत्येक चुनाव केन्द्रमा अवैध गतिविधि

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
gilgit-baltistan-pak.jpg

काठमाडौं। फ्रि एण्ड फेयर इलेक्सन (एफएएफईएन)बाट पठाइएका नीरिक्षकहरुले गिलगिट बाल्टिस्तानका प्रत्येक चुनावकेन्द्रमा कम्तिमा तीनवटा अवैध गतिविधिहरु भएको निश्कर्ष निकालेका छन्। मतदानकेन्द्रहरुमा मतको गोप्यता हनन्, अर्काको नामबाट मतदान र दर्ता मतहरु नखसेको जस्ता घटनाहरु भएको प्रारम्भिक अध्ययन रिपोर्टले देखाएको छ।

गिलगिट बाल्टिस्तानको निर्वाचन अयोगहरुले मतदान केन्द्रमा कडाइका साथ नियम लागु गरेको भए यस्ता घटनाहरु रोक्न सकिने एफएएफईएनले जनाएको छ।
यसबाहेक केही मतदान केन्द्रमा बढी अराजकता र भिडभाड समेत भएको अध्ययनले देखाएको छ। यसबाहेक राजनीतिक दलका कार्यकर्ताहरुले समेत मतदान केन्द्रमा केही अवैध गतिविधिहरु गरेको बताइएको छ।

राजनीतिक दलहरुले विभिन्न किसिमका प्रचारात्मक गतिविधिहरु पनि अराजक किसिमले गरेको एफएएफईएनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ