arrow

रुसबाट एस—४०० किनेपछि टर्कीमाथि अमेरिकी प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
s-400-russia-defence-missile.jpg

काठमाडौं। टर्कीले रुसबाट एस—४०० मिसाइल किनेपछि अमेरिकाले सोमबार टर्कीका रक्षा विभागका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ। टर्कीस रक्षा उद्योग (एसएसबी) का अध्यक्ष एवं अन्य अधिकारीहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्ध लाग्नेमा एसएसबीका अध्यक्ष इस्माईल डेमिर, उपाध्यक्ष फ्रंक येगित, एयर डिफेन्स , स्पेस विभाग प्रमुख सेरहत गेनकोग्लु, र एसएसबीका क्षेत्रिय एयर डिफेन्स सिस्टम डायरेक्टरेटका प्रोग्राम प्रबन्धक मुस्तफा अल्पर डेनिक रहेका छन्।

अमेरिकी केन्द्रीय विभागद्वारा जारी विज्ञप्तीमा अमेरिकाले टर्कीस रक्षा उद्योग (एसएसबी) का अध्यक्षलगायतका पदाधिकारीहरुमाथि प्रतिबन्ध लगाएको उल्लेख छ। ‘अमेरिकाका विरोधीहरुलाई काउण्टर कानुन धारा २३१ अनुरुप टर्कीस रक्षा विभागका अधिकारीहरुमाथि प्रतिबन्ध लगाइएको हो’ केन्द्रिय विभागले जनाएको छ।

प्रतिबन्धले, एसएसबीलाई दिइएको अमेरिकी निर्यात इजाजतपत्रमा रोक लगाएको छ भने, यहाँका अधिकारीहरुको सम्पति फ्रिज र उनीहरुको भिसामा पूर्ण प्रतिबन्ध लगाइएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ‘चेतावनी र वैकल्पिक उपलब्धताका वाबजुत पनि नाटो पर रुसबाट टर्कीले एस-४०० किनेर परीक्षण गर्नु पूर्णरुपमा अस्विकार भएको’ बताएका छन्।

उनले, छिटोभन्दा छिटो अमेरिकासँग मिलेर टर्कीलाई यो स्थितीको समाधान गर्न सुझाव दिएका छन्। टर्कीको यो कदमले ‘ग्लोबल एफ-३५ जोइन्ट स्ट्राइक फाइटर पार्टनरसिप’को वैकल्पीकबाट पनि टर्कीलाई हटाइएको उनले बताएका छन्।

पोम्पेओले रक्षा क्षेत्रको एतिहासिक प्रमुख क्षेत्रिय सहकार्यकर्ताका रुपमा रहेको टर्कीविरुद्धको अवरोध चाँडोभन्दा चाँडो समाधान गरिने समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ