म्याकेन्जी स्कटले महामारीको ४ महिनामा ४ अर्ब बढिको दान
बीबीसी,
प्रकाशित २०७७ पुष १ बुधबार
209
Shares
काठमाडौं। विश्वव्यापी कोरोना भाइरसको माहामारीका बेला अमेजन (अनलाइन किनमेल कम्पनी) का प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसकी पूर्व श्रीमति म्याकेन्जी स्कटले ४.२ अर्ब अमेरिकी डलर बराबरको दान गरेकी छिन्।
उनले एक ब्लगपोष्टमा कोरोना भाइरसको महामारीका बेला संघर्ष गरिरहेकाहरुलाई मद्दत गर्न चाहेको बताएकी छिन्। महामारीका बेला उनको सम्पती २३.६ अर्बबाट बढेर ६०.७ अर्ब पुगेको छ।
म्याकेन्जी अहिले विश्वकै १८ औं धनी व्याक्तिमा पर्छीन्। उनले यो समयमा ६ हजार ५ सयभन्दा बढी परोपकारी संस्थालाई दान गरेको बताएकी छिन्।