arrow

मुम्बई हमलाका ‘मास्टरमाइन्ड’लाई पाकिस्तानमा भीआईपी उपचार

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष १ बुधबार
hafiz-saeed-pak1.jpg

काठमाडौं। मुम्बई हमलाका मास्टरमाइन्ड (प्रमुख योजनाकार) र जमात—उद—दावाका लिडर हाफिज मुहम्मद सईदलाई पाकिस्तानमा भीआईपी उपचार दिइने गरेको छ। लाहोर स्थित आतंकवाद विरोधी अदालतले दुई आतंकारी मुद्दामा १० वर्ष जेल सजाय तोकेका साईदले पाकिस्तानमा उपचार पाइरहेका हुन्।

काउण्टर टेरोरिज्म विभागका अधिकारीहरुले हाजिफ साईदलाई भिआईपी उपचार दिने गरेको छ। साईदलाई उनका सहयोगीहरुले विशेष किसिमको यातायातको व्यवस्था समेत गरेको छ।

उनीमाथि साढे ५ वर्ष जेल सजाय र १५ हजार जरिवाना सहितका दुई सजाय अदालतले तोकेको छ। धारा ३८२—बी अनुरुप सजायमा केही छुटसमेत पाएर दुवै मुद्दामा एकसाथ १० वर्ष जेल सजाय उनीमाथि तोकिएको छ।

यस्तै, अल—अनफाल—ट्रस्टका सचिव मालिक जाफर इक्बाललाई पनि यस्तै सजाय तोकिएको डावनले जनाएको छ। यी दुवै जनालाई आतंकवाद विरोधी ऐनको धारा ११—एफ—२ अन्तर्गत एक प्रतिबन्धित संगठनको सदस्यता, समर्थन र बैठकसम्बन्धि मुद्धामा अदालतले दोषी ठहर गरेको थियो। दोषी ठहर गर्दै धारा ११—एनको ११—एच देखि ११—के सम्मको सजाय तोकेको थियो।

धारा ११—एच आतंकवादका लागि पैंसा संकलनसँग सम्बन्धीत छ। त्यस्तै ११—आइ आतंकवादका लागि पैंसा वा अन्य सम्पतीको प्रयोग, ११—जे आतंकवादका लागि सम्झौता गरेर पैंसाको व्यवस्थापन र ११—के आतंकवादका लागि ‘मनी लाउण्डरिंग’सँग सम्बन्धीत छ। अदालतले साइदको सम्पती जफत गर्न समेत आदेश दिएको थियो।

जमात—उद—दावाका प्रमुख, २०१९को जुलाई १७ मा लाहोरबाट ५० किलोमिटर उत्तर स्थित ‘कामोके टल प्लाजा’बाट पक्राउ परेका थिए। संयुक्त राष्ट्र संघको आतंवादी सूची अनुरुप अमेरिकाले साइदलाई पक्राउन गर्नेका लागि १ करोड अमेरिकी डलर समेत तोकेको छ।

गत जुलाईमा साइदसहित जमात—उद—दावाका १३ सदस्यहरुमाथि पाकिस्तानी आतंकवाद विरोधी ऐन अन्तर्गत २ दर्जनबढी मुद्दा दायर भएका थिए। पछि, पञ्जाब काउण्टर टेरोरिज्म विभागले साइदलाई गुजरणवालाबाट पक्राउ गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ