arrow

चन्द्रमाबाट चट्टान लिएर यान चीन फर्कियो 

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
chinese-space-mission.jpg

काठमाडौं । चीनले चन्द्रमामा पठाएको यान फर्किएको छ । चीनले पठाएको चाङ इ–५ यान चन्द्रमाको सतहबाट केही चट्टान र माटो लिएर चीन फर्किएको हो । 

चाङ इ–५ यान स्थानीय समय अनुसार बिहीबार बिहान १ः३० बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको बीबीसीले लेखेको छ । 

गत नोभेम्बर २४ मा चीनले सो यान दक्षिण चीनको वेनचाङ स्टेशनबाट प्रक्षेपण गरेको थियो । चीनले जारी राखेको अनुसन्धानका क्रममा ४० वर्षपछि चन्द्रमामा रहेका नमूना अनुसन्धानका लागि पृथ्वीमा ल्याउन सफल भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ