arrow

दार्चुलामा ओली र सी चिनफिङको पुत्ला दहन

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
oli-xi-putla.jpg

दार्चुला । दार्चुलामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेसको विचारसँग नजिक रहेको संस्था बिपी अध्ययन युवा सर्कल दार्चुलाले संसद विघटनको विरोधमा दार्चुला जिल्ला सदरमुकाम खलंगामा मंगलवार बेलुकी विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद बिघटन गरेको, चीनको इसारामा प्रधानमन्त्री चलेको, भ्रष्टाचार, अनियमितता, अधिनायकबाद र सर्बसत्तावाद ल्याउन खोजेको भन्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति जिनपिङको पुत्ला दहन गरेको बिपी अध्ययन युवा सर्कल दार्चुलाका अध्यक्ष सुरज जोशीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भर्त्सना गरेपनि कम हुने उनीहरुले बताएका थिए । उनीहरुले चिनियाँ इसारामा नै ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीको असंबैधानिक संसद विघटनको विरुद्धमा नेपाली काँग्रेसले देशव्यापी रुपमा दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ