arrow

ओलीको असफलता र ज्यादतीबाट मुक्तिका लागि ताजा जनादेशमा जानुपर्छ : कमल थापा

ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु गलत

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
kamal-thapa3.jpg

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

त्यस्तै उनले ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक भएको पनि टिप्पणी गरेका छन् । 

सामाजिक संजालमा प्रतिक्रिया जनाउँदै थापाले नेकपा कानुनी रुपमा नफुटेको अवस्थामा काँग्रेसले सरकारमा जान लोभ गर्नु गलत भएको पनि जनाएका छन् । संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्ने भन्दै थापाले कानुनी तिकडम अपवित्र गठवन्धन अनावश्यक भएको टिप्पणी गरेका छन् ।

जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक भएपनि एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय नभएको उनको भनाइ छ ।

थापाले आफ्ना मूलभूत मान्यता नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको भएपनि दुई तिहाइले पारित गरेको संविधानलाई आलोचनात्मक समर्थन गरेको बताए । त्यस्तै उनले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेकाले राम राम मात्रै भन्न सकिने उल्लेख गरे ।

संसद विघटनको संवैधानिकताको परिक्षण अदालतले गर्ने हुँदा अदालतलाई दवाव र प्रभाव पार्ने काम सरकार र सडक कतैबाट गर्न नहुने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ