arrow

ओखलढुंगाका सडक र पुलहरु निर्माणका लागि खतिवडाले गराए मन्त्रालयको ध्यानाकर्षण

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
ramhari-khatiwada-basanta-n.jpg

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको सडकहरु र पक्की पुलहरु सुचारु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री र सचिवको ध्यानाकर्षण गराएका छन् ।

विभिन्न आर्थिक बर्षहरुमा ओखलढुंगाकालागि छुट्टाइएका योजनाहरु अलपत्र अवस्थामा रहेपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खतिवडा नेतृत्वको टोली भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय गएको थियो ।  

 

भेटमा मन्त्री वसन्त नेम्वाङले मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नतिको लागि ३० करोड छुट्टाएको जानकारी दिदै जिल्लाका अन्य योजनाहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। 

खतिवडाको टोलीले साघुटार-घोराखरी-ओखलढुंगा-सिलौरीघाट सडक कालो पत्रे गर्न, लिखु एकवार सडक निर्माण गर्न, मोलुङ एकवर सडक निर्माण गर्न, दुधकोशी एकवार सडक निर्माण, ढाडे-सिरिसे-रगनी खिजिदेम्बा हुँदै रावदोलु सडक निर्माण, नवलपुर-पलापु-कोषभञ्ज्याङ् हुँदै ककणी जाने बाटो निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेका थिए।

घोराखरी-श्रीचौर कडक निर्माण, मध्य पहाडी अन्तरगत बहादुरा खोला पुल,खाङ्साङवेसि खोलामाथिको पक्की पुल र सोखु खोला पक्की पुल चाँडो निमार्ण गर्न, प्रदेश नम्बर १ जाने बाटो निर्माण, मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नती गरि कालो पत्रे गर्ने, खार्ते खोला पुल निर्माण, पोकतुङ्ग खोला पुल निर्माण र ओखलढुंगा सुनकोशी गाउँपालिका र सिन्धुली फिक्कल गाउँ जोड्ने पक्की पुल निर्माण गर्न खतिवडा नेतृत्वको डेलिगेशनले माग गरेको थियो । 

डेलिगेशनमा ओखलढुंगा कांग्रेस जिल्ला पार्टी उपसभापती तेजेन्द्र खनाल, उदयपुर महासमिति सदस्य कृष्ण राउत, कांग्रेस नेता अशोक कार्की, युवा नेता प्रकाश दाहाल, बिकास राई, माधब खतिवडा, अनुपम सापकोटा र निश्चल खतिवडा सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ