- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापामा नेपालकै ठूलो सौर्य उर्जा परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य राखी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिगाहा जग्गा खरिद गरिसकेको छ ।
शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु २० लाखका दरले जग्गा खरिद गरेको निवर्तमान सङ्घीय सांसद लालबहादुर सावाले बताए ।
आयोजनाको कूल लागत रु ७९ करोड रहेको छ । कम्पनीले र एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानीका लागि आह्वानसमेत गरेको छ ।
‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए ।
उनका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइनुका साथै २०७८ पुस मसान्त बाट व्यावसायिक उत्पादन गर्ने परियोजाको लक्ष्य रहेको संचालकले बताए ।
यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट रु ७.३० का दरले बिक्री गर्ने कम्पनीको योजना छ ।
यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पिपीए) गरिसक्ने र चैत्रको पहिलो सातातिर परियोजनाको इपिसी ठेक्का दिने जनाएको छ ।
झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको परियुजनाका सञ्चालक रामचन्द्र उप्रेतीले बताए ।