arrow

सर्वोच्चलाई दवाबमा पार्न पाइदैन : कमल थापा

'राष्ट्रियता र लोकतन्त्र बचाउन राजाको आवश्यकता पर्छ'

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
kamal-thapa11.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब ताजा जनादेशमा जानु नै उत्तक विकल्प भएको बताएका छन् । उनले वर्तमान सरकार असफल भइसकेको भन्दै ताजा जनादेशमा जान उपयुक्त हुने स्पष्ट पारे ।  

‘प्रतिनिधिसभा विघटन सम्बन्धी निर्णयले संवैधानिक जटिलता सृजना गरेको छ । नेपालको संविधान २०७२ अन्तर्गत बहुमतको सरकार भएको अवस्थामा प्रतिनिधिसभा भंग सम्बन्धी अस्पष्टता छ’, मिडिया नेपाल गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘वैधानिक रुपमा नेकपा फूटेको पनि छैन । प्रधानमन्त्री केपी ओलीको कार्यशैली ठिक भएन, प्रतिनिधिसभा विघटन संविधानको भावना विपरीत छ ।’

अध्यक्ष थापाले विधानको व्याख्या र निरुपण गर्ने काम सर्वोच्च अदालतको भएको भन्दै यसलाई विवादमा ल्याउन नहुने बताए । सडक र प्रभावबाट सर्वोच्च अदालतलाई दवाबमा पार्न नपाइने भन्दै उनले भने,' सर्वोच्चलाई दवाबमा पार्न पाइदैन ।' पूर्व मन्त्रीसमेत रहेका थापाले प्रतिनिधिसभा विघटन निर्णयको विषयलाई लिएर सर्वोच्च अदालतलाई नैतिक दवाब सृजना भएको भन्दै यस्तो दवाव दिन नमिल्ने बताए ।

अध्यक्ष थापाले भने, ‘गत पुस ५ गतेको संसद विघटन पछि नेपाली राजनीतिमा थप जटिलता सृजना गरेको बताए । वि.स. २०६२-०६३ को आन्दोलनपछि जुन विचार धाराको अभ्यास गरेका छौं, त्यो सफल हुन सकेन् । वर्तमान संविधानको औचित्य माथि नै प्रश्न चिन्न खडा भएको छ ।’ ‘वर्तमान संविधान संशोधन गर्न जरुरी छ, उनले भने, ‘वर्तमान संविधानमा राप्रपाको आलोचनात्मक समर्थन मात्र रहदै आएको छ ।’

भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादको विरुद्धमा लाग्दै हिन्दू राष्ट्र र संबैधानिक राजसंस्थाको व्याख्या गर्दै राप्रपा अगाडि बढेको उनले बताए ।
‘राजसंस्थासहितको लोकतन्त्र, हिन्दू राष्ट्र पुनरस्थापना गर्ने हाम्रो राप्रपाको लक्ष्य हो, राजालाई पार्टी भन्दा माथि राखेका छौँ, राष्ट्रियता र लोकतन्त्र बचाउन राजाको आवश्यकता पर्छ’, अध्यक्ष थापाले भने, ‘वर्तमान अवस्थामा राष्ट्रियताका बारेमा २४ सैं घण्टा सतर्क रहनुपर्ने अवस्था छ । भू–राष्ट्रियताका आधारमा पनि सतर्क भइरहाख्नु पर्ने अवस्था छ ।’

‘राजसंस्था कुनै धर्म विशेषको हुनुहुँदैन, संविधानको परिधिभित्र रहेर राजसंस्था र हिन्दूराष्ट्र रहनुपर्छ भन्ने पक्षमा राप्रपा छ’, उनले भने, ‘वर्तमान अवस्थामा राप्रपा देशभर आफ्नो संगठन सुदृढगरी जनसंघर्षलाई अगाडि वढाउने निर्णय गरेको छ ।  मिडिया नेपाल गण्डकीका अध्यक्ष सूर्य बास्तोलाको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ