arrow

रहेनन् पूर्व गोलकिपर शाही

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
lokbahadur-shahi.jpg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । उनको आइतबार राति निधन भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘मल्टिपल अर्गन फेलर’ भएर शाहीको दैलेखस्थित निवासमै निधन भएको पुष्टि गरे । 

उनले भने, ‘मल्टिपल अर्गन फेलर भनेर जानकारी दिइयो थप जानकारी साथीहरु खटाएको छु आउला ।’

उनको आइतबार राति ९ः३० बजे दैलेखको चौरटामा निधन भएको हो । शेर्पाले शाहीकी छोरी करुणा शाही गुरुङको भनाईलाई उधृत गरेर सामाजिक संजाल फेसबुकमा पनि यसबारेमा जानकारी गराएका छकन् । 

शाहीको सोमबार दैलेखमै अन्तिम संस्कार हुँदैछ । शेर्पाले लेखेका छन्, ‘देहावसान भएको खबरले हामी नेपाली फुटबलका सम्पूर्ण परिवार  स्तब्ध भएका छौँ । यस दुस्खद घडीमा म  हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै, भगवानले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यश दुस्खद घडीमा शोक सन्तप्त सम्पुर्ण परिवारमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् ।’

शेर्पाले सकभर एन्फा प्रदेशका अध्यक्षलाई उक्त अन्तिम संस्कारका क्रममा पठाउने प्रयास भइरहेको बताए । 

शाही नेपाली फुटबलका उत्कृष्ट गोलकिपरमध्येमा गनिन्थे । उनले सन् ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर खेलेका थिए । उनले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही टिमका सदस्य थिए । 

त्यसपछि भने उनी लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रूपमा रहे । उनी एन्फाका पूर्वमहासचिव समेत हुन् । उनले सन् १९९५ देखि २००२ सम्म एन्फा महासचिवको जिम्मेवारी सम्हालेका थिए ।

पछिल्लो समय भने उनी फुटबलबाट टाढै थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ