arrow

झापाका दुई पालिकामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक  बिदा 

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
prithvi-narayan.gif.gif

झापा । झापाका दुई स्थानीय तहले सोमबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छ्न् । पृथ्वी जयन्ती तथा  राष्ट्रिय एकता दिवसको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो ।

कचनकवल गाउँपालिकामा पुस १७ गते बसेको बैठकले नेपाल एकीकरणकाका लागि पृथ्वीनारायण शाहले गरेको योगदानको सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

हल्दिबारी गाउँपालिकामा पुस २३ गते बसेको कार्यपालिकाको बैठकले राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउने गाउँपालिका भर बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।                                        

यी गाउँपालिकामा विगतका वर्षहरूमा पनि यस दिवसका दिन सार्वजनिक बिदा दिँदै आइरहेका छन् । दुवै गाउँपालिकामा अध्यक्ष राप्रपाबाट निर्वाचित अध्यक्ष हुन् ।

२९९ औं पृथ्वी जयन्ती पुस २७ गते मनाइराखिएको छ । सरकारले औपचारिक रुपले सार्वजनिक बिदा नदिए पनि नागरिकतहबाट भने पृथ्वीनारायण शाहको नेपाल एकीकरणको योगदानलाई सम्झिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ