arrow

एसिया प्रशान्त क्षेत्रका दूरसञ्चार क्षेत्रका बिज्ञहरु नेपालमा

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
APT-NTA.jpg.jpeg
काठमाडौँ। एसिया प्रशान्त क्षेत्रका दुरसञ्चार क्षेत्रका बिज्ञहरु नेपालमा भेला भएका छन्। आजबाट चार दिनसम्म चल्ने कार्याशालाबाट दुरसंचार क्षेत्रमा बिश्वब्यापी रुपमा एकरुपता ल्याउँन अहिलेसम्म यस क्षेत्रमा भएको प्रगति तथा भावी दिनमा कसरी जान सकिन्छ भनेर छलफल हुने बताइएको छ। छलफलबाट आएको निचोडलाई अक्टोवरमा ट्युनेसियाका हुने कार्याशालामा बिश्वभरीबाट आएका बिज्ञहरुले छलफल गरी दुरसंञ्चार क्षेत्रको एकरुपता अपनाउन कार्यदिशा तयार गरी लागू गर्ने बताइएको छ।
 
टेलिकम्युनिकेशनको माध्यामले सामाजिक तथा आर्थिक परिर्वतन गर्न महत्वपूर्ण भूमिका खेलेको हुनाले यसको बिकास र बिस्तारलाई उच्च प्राथमिक्तामा राखेर नेपालले काम गर्दे आएको सूचना तथा संचार प्रबिधि मन्त्री शेरधन राईले बताए। उनले गुणस्तरीय सेवा प्रदान गर्न समेत नयाँ नयाँ प्रबिधिलाई आत्मासाथ गर्दे अगाडि बढ्नुको बिकल्प नभएको बताए।   
एसिया प्रशान्त क्षेत्रका बिज्ञहरुको यो कार्याशालाले आगामी दिनमा कसरी दुरसंचार क्षेत्रले बाटो लिने छ भन्नेबारेमा महत्वपूर्ण निचोड निकाल्ने बिश्वास लिएको एसिया प्रशान्त टेलिकम्युनिकेशनका तयारी समूहका अध्यक्ष युइची माइदाले बताए।
 
त्यसैगरी एसिया प्रशान्त टेलिकम्युनिकेशनका डेपुटी जेनेरल मासोनरी कन्दो तथा अन्तराष्ट्रिय टेलिकम्युनिकेशन युनियनका डा. चाइसुब्लिले बिश्वभरी टेलिकम्युनिकेशनलाई निश्चित मापदण्डको आधारमा एकरुपता ल्याउन चुनौती रहे पनि गुणस्तरलाई ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए।
 
काठमाडौमा जारी कार्याशालामा कोरिया, चीन, जापान, थाइल्याण्ड, अष्ट्रेलिया, इन्डोनेसिया, बंगलादेश, लगायत अधिकाशं देशका ८० भन्दा बढी बिदेशी बिज्ञ तथा नेपालका समेत गरी १०० जना भन्दा बढी बिज्ञहरु सहभागी भएका छन्। जसमा अन्तराष्ट्रिय टेलिकम्युनिकेशन युनियनका प्रतिनिधिहरु, टेलिकम अपरेटरहरु, सामाग्रीहरु उत्पादक गर्ने कम्पनीका प्रतिनिधिहरु, बिभिन्न देशका नियामक संस्थाका प्रतिनिधिहरु समेतको सहभागिता रहेको स्थानीय आयोजन नेपाल दुरसंचार प्राधिकरणका उपनिर्देशक अमर स्थापितले जानकारी दिए । उनका अनुसार यस कार्याशालामा एसिया प्रशान्त क्षेत्रका बिज्ञहरु बिभिन्न समूहमा बाडिएर अहिलेसम्म भएको प्रगतिको समिक्षा गरिने तथा आगामी दिनमा दुरसंचारको एकरुपताको लागि गुणस्तर, साइवर सेक्युरिटी, नम्बरको योजना जस्ता बिभिन्न बिषयहरुको शुष्म ढंगले अध्ययन गरिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ