arrow

चिनियाँ मोबाइल निर्माता कम्पनी शाओमी कालोसुचीमा

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
xiaomi2.jpg

काठमाडौं । चिनियाँ बहुराष्ट्रिय इलेक्ट्रोनिक कम्पनी शाओमी कर्पोरेशनलाई अमेरिकी रक्षा विभागले कालोसुचीमा राखेको छ ।

बिहीबार विभागले यसअघिको कालोसुचीमा थप ९ कम्पनीहरुलाई राखेको हो ।

गत वर्षको पहिलो त्रैमासिक बिक्रीका आधारमा शाओमी विश्वकै तेस्रो ठूलो मोबाइल उत्पादक कम्पनी बनेको थियो । एप्पललाई उछिन्दै सामसङ र हुवावेपछि शाओमीले बजार लिएको थियो ।

गत नोबेम्बर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका थिए । जसले चिनियाँ सेनासँग विभिन्न किसिमका सुचनाहरु आदान प्रदान गर्ने कम्पनीमा लगानी गर्न प्रतिबन्ध लगाउँछ ।

यद्यपी यो वाणिज्य विभगको सुचिभन्दा फरक हो । अमेरिकाले राष्ट्रिय सुरक्षाको खतराका कारण हुवावे र सेन्स टाइम भन्ने चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्सी कम्पनीलाई यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

यद्यपी शाओमीले आफ्नो कुनै किसिमको पनि सम्बन्धचिनियाँ सैनिकसँग नभएको दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ