arrow

ओलीको विशेष आर्थिक सल्लाहकारमा दुगड, गरे पदबहाली

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
motilal-dugad1.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा मंगलबार पदबहाली गरेका छन् । मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्रीसमेत रहेका दुगडलाई सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार नियुक्त गरिएको थियो ।

पदबहाली  गर्दै उनले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय र छलफल गर्दै आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीलाई आफूले सिफारिश गर्ने जानकारी दिएका छन् ।
        
मुलुकमा लगानी अभिवृद्धि गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने तथा वर्तमान आर्थिक चुनौती सामना गर्ने कामका लागि आफूले सबैसँग सल्लाह एवं सुझाव लिने जानकारी पनि दिए । “बजेटको सही विनियोजन, खर्च क्षमता अभिवृद्धि गर्दै फ्रिज हुन नदिनेतर्फ मेरो जोड रहने छ”, उनले भने ।
    
पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगड आइतबार मन्त्रीसरहको सो पदमा नियुक्त भएका हुन् । नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा(एमाले) हुँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आबद्ध दुगड यसअघि प्रतिनिधिसभाका सदस्य तथा वर्तमान ओली नेतृत्वकै सरकारमा राज्यमन्त्री थिए । यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ