arrow

राष्ट्रिय माविका प्रधानाध्यापक सूर्य तिवारीसहित तीन जना पक्राउ

logo
हरि पन्त,
प्रकाशित २०७७ माघ ६ मंगलबार
pokhara-rastriya-mavi.jpg

पोखरा । पोखरास्थित राष्ट्रिय माविका प्रधानाध्यापक सूर्य तिवारीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईमा सोही विद्यालयका शिक्षकहरु घनश्याम रेग्मी र शिरिषकुमार वस्ताकोटी हुन् ।

उनीहरुलाई अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानाठिमी, भक्तपुरको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुमाथि कक्षा ११ की एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर परीक्षा अमर्यादितरुपमा परीक्षा लिएको आरोप छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर शिक्षा ऐन, सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ