arrow

संसद विघटनको निर्णय प्रतिगमन वा ‘कू’ भयो भन्नु निरर्थक : कमल थापा

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको निर्णय प्रतिगमन वा ‘कू’ भयो भन्नु निरर्थक भएको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत थापाले संसद विघटनको निर्णय विरुद्ध आन्दोलन गरिरहेकाहरुलाई इङ्गित गर्दै उनले भनेका छन्, ‘संसद विघटनवारे विवाद/फरकमत हुनु स्वाभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, ‘कु’ भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ।’

उनी अगाडी लेख्छन, ‘बरु गत १४ बर्षको अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ। यो अवस्थामा ताजा जनादेश उपयुक्त छ ।’

संसद विघटनविरुद्ध छुट्टै आन्दोलनको घोषणा नगरेको राप्रपा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा आवाज उठाउँदै आइरहेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी ताजा जनतादेशमा जान आब्हान गरिसकेकी छिन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ