arrow

इंग्लिस प्रिमियर लिगः दुई म्यानचेस्टरको दबदबा 

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
manutd-mancity.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको अंक तालिकामा दुई म्यानचेस्टरहरुको दबदबा भएको छ । केही वर्षको अन्तरालमा यसरी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी शीर्ष दुईमा रहन सफल भएका हुन् । 

युनाइटेड १९ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

बुधबार राति भएको खेलमा फुलहमलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा पुगेको हो । फुलहमको मैदानमा एक गोलले पछि परेको युनाइटेडले पुनरागमन जित निकालेको हो ।

खेलको पाँचौं मिनेटमा लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

६५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

यता बुधबार रातिकै खेलमा सिटीले एस्टन भिल्लालाई २–० गोल अन्तरले हरायो । घरेलु मैदानमा ७८ औं मिनेटमा बर्नार्डो सिल्भाले पहिलो गोल गरे । 

इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गुन्डोगानले गोल गर्दै सिटीलाई जिताए । 

लिगमा तेस्रो स्थानको लेस्टर सिटीको १९ खेलबाट ३८ अंक छ । चौथो स्थानको डिफेन्डिङ च्याम्पियन लिभरपुलको १८ खेलबाट ३४ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ