arrow

मानिसले के-केमा लुकाउन सक्छन् ड्रग्स !

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ ८ बिहिबार
drug-seller.JPG

झापा । झापा जिल्लाको सीमापारि ईलाका पानीट्याङ्कीबाट नेपाल आउँदै गरेका एक युवकको संवेदनशील अंगमा ब्राउन सुगर फेला परेको छ ।

सीमावर्ती ईलाकामा चेकजाँचको क्रममा खटिएको प्रहरीले युवकले संवेदनशील अंगमा लुकाएर ल्याउदै गरेको ब्राउन सुगर फेला पारेको हो ।  गुप्ताङ्गमा लुकाइएको २० ग्राम ब्राउन सुगरसहित झापाको कमल गाउँपालिका वडा न ६ का २० वर्षीय नवराज भट्टराई पक्राउ परेका हुन । उनलाई लागूऔषध नियन्त्रण व्युरोको टोलीले बुधबार दिउँसो काँकडभिट्टाबाट पक्रिएको हो ।

भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका भट्टराईलाई प्रहरीले मेचीपुलमा रोकेर खानतलासी गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । हाल उनलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएको छ ।

बिहिबार थप अनुसन्धानका लागि अदालतमा पेश गर्ने प्रहरीको तयारी छ । पछिलो दुई हप्ता भित्रमा झापा जिल्लाको सिमाबर्ती ईलाकाबाट लुकि छिपि नेपाल तर्फ लागुऔषध भित्राउने करिब २ दर्जन लागू औषध कारोबारी ब्यक्तीहरुलाइ प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट धमाधन पक्रिन सफल भएको प्रहरिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ