arrow

सर्जियो अग्युरोलाई कोरोना 

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
sargeo-aguro.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्जेन्टाइन खेलाडी सर्जियो अग्युरोलाई कोरोना भाइरस लागेको छ । अग्युरोले बिहीबार सामाजिक संजालबाट आफू संक्रमित भएको पुष्टि गरेका हुन् । 

कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना देखिएको अग्युरोले  बताएका छन् ।

उनी सेल्फ आइसोलेसनमा रहेकोसमेत बताएका छन् । कोरोनाकै कारण अग्युरोले बुधबार राति भएको एस्टन भिल्ला विरुद्धको खेल गुमाएका थिए । 

प्रिमियर लिगमा सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ