arrow

इंग्लिस प्रिमियर लिगः लिभरपुलको घरेलु मैदानमा ६८ खेलको अपराजित यात्रा टुंगियो 

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
liverpool44.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिभरपुलको इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि यात्रा टाढिँदै गएको छ । शीर्ष स्थानमा रहेको लिभरपृुल पछिल्लो समय सुस्ताउँदै गएपछि उपाधि यात्रा पनि टाढिएको अनुमान गरिएको छ । 

पछिल्लो पटक बिहीबार राति लिभरपुल घरेलु मैदानमै कमजोर टिम बर्नलीसँग पराजित भयो । एन्फिल्डको मैदानमा लिभरपुल १–० गोल अन्तरले पराजित भएको हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए ।

यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्राको श्रृंखला पनि टुटेको छ । लिभरपुल ६८ खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो ।

लिगको जारी सिजनमा तेस्रो हार बेहोरेको लिभरपुल हारसँगै १९ खेलबाट ३४ अंकसहित चौथो स्थानमा रहेको छ । 

१९ खेलबाट म्यान्चेस्टर युनाइटेड ४० अंकसहित पहिलो, लेस्टर सिटी ३८ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी भने ३८ अंकसहित दोस्रो स्थानमा छ । 

१८ खेलबाट ३३ अंकको टोटनह्याम हट्सपर पाँचौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ