arrow

चर्चित गायक धनबहादुर रहेनन्

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
dhanbahadur.JPG

पोखरा। पोखराका चर्चित गायक धनबहादुर गायकको निधन भएको छ । उनको सोमबार बिहान ७ बजे निधन भएको हो ।

दुई दिन अघि गायकको स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । गायकको उपचारको क्रममा सोमबार  विहान मनिपाल अस्पताल मै निधन भएको हो ।

परिवारजनका अनुसार उच्च रक्तचापबाट पीडित बनेका उनको टाउकोमा रगत जमेको थियो । बाटुलेचौर निवासी गायकका ‘यो दाजुको मिरमिरे आँखा…’, ‘बेली र चमेली…’ जस्ता गीत लोकप्रिय छन् ।

गायकका श्रीमती श्रीकला, दुई छोरा दीलिप र संगीत एवं छोरी नीशा रहेका छन् । स्व. गायकको क्रिश्चियन धर्म संस्कार अनुसार आजै अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ