arrow

बर्खास्तमा परे मूख्य प्रशिक्षक लाम्पार्ड 

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
lampard.jpeg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब चेल्सीका मूख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्तीमा परेका छन् । चेल्सीका पूर्व खेलाडीसमेत रहेका लाम्पार्डलाई चेल्सीले डेढ वर्षअघि प्रशिक्षक नियुक्त गरेको थियो । 

तर चेल्सीको खेल निरन्तर खराब भइरहँदा लाम्पार्ड आलोचित बनेपछि क्लबले वाध्य भएर हटाएको हो । उनलाई चेल्सीले सोमबार बर्खास्त गरेको हो । 

चेल्सीले लाम्पार्डलाई ३ वर्षको लागि मूख्य प्रशिक्षक नियुक्त गरे पनि आधा अवधिमै हटाएको हो । ४२ वर्षीय लाम्पार्डले खेलाडी जीवनमा चेल्सीमा १३ वर्ष बिताउने क्रममा ६ सय ४८ पटक क्लबबाट खेलेका थिए । उनले चेल्सीमा रहँदा ११ उपाधि जितेका थिए ।

तर प्रशिक्षकका रुपमा उनी असफल भएका छन् । प्रिमियर लिगमा चेल्सी १९ खेलबाट २९ अंकसहित नवौं स्थानमा रहेको छ । जबकि शीर्ष सथानको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक छ । 

लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताइएको छ ।

चेल्सीले गत वर्षको असारमा लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ