arrow

आफैँले पालेको राँगाले हानेर शनिलालको घटनास्थलमै मृत्यु

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ माघ १५ बिहिबार
buffalo.jpg

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफैले पालेको पालेको राँगाले हान्दा बुधवार ७२ वर्षीय शनिलाल चौधरीको मृत्यु भएको छ ।
       
बुधवार साँझ राँगालाई पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए ।
    
गाउँमा बिहे भएका कारण घरका सबै जना बिहेमा ब्यस्त भएकाले घटना बारे साँझ करिब ५ बजे घर फर्किदा मात्र थाहा भएको मृतकका परिवारले बताएका छन । मृतकको तिघ्रा , पेट र टाउकोमा राँगाले हानेर गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

 पोष्टमार्टमका लागि शब बेलौरी स्वास्थ्य चौकीमा पठाईएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ