arrow

इंग्लिस प्रिमियर लिगः टोटनह्याममाथि लिभरपुल हावी 

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
liverpool45.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले जोजे मौरिन्होको टोटनह्याम हट्सपरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनह्यामकै मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । निराश घरेलु टिमका लागि पिएरे इमिलले एक गोल फर्काए ।

जितसंगै लिभरपुल अंक तालिकाको चौंथो स्थानमा पुगेको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ । अवसर गुमाएको टोटनह्याम १९ खेलबाट ३३ अंकमा रहँदै छैटौं स्थानमा झरेको छ । 

लिगमा म्यान्चेस्टर सिटी १९ खेलबाट ४१ अंकसहित पहिलो, म्यान्चेस्टर युनाइटेड २० खेलबाट ४० अंकसहित दोस्रो, लेस्टर सिटी २० खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ