arrow

युगल पोमोले हङकङमा तयार पारे ‘औंठी बैना’ समेटियो रमणीय दृश्य

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
yougal_pomu.png

काठमाडौं । पछिल्ला दिनमा नेपाली गीत संगीत छायांकनको गतिलो गन्तब्य बन्दै गएको छ हङकङ ।

उल्लेख्य मात्रामा नेपालीहरु रहेको हङकङ पर्यटकीय दृष्टीले पनि चहलपहल हुने स्थान र रमणीय स्थलको सदुपयोग गर्दै निर्देशक युगल पोमोले नेपाली कला र संस्कृतिको जर्गेना गर्दै सार्वजनिक गरेको ‘औंठी बैना’ बोलको गीतको भिडियोले राम्रो चर्चा पाइरहेको छ । 

गायक दिपक लिम्बु र गायिका मेलिना राईको स्वर रहेको ‘औंठी बैना’ गीतमा बिष्णु ईङ्नामको शब्द र मबिन्द्र राईको संगीतमा तयार भएको हो । गीतकार बिष्णु ईङ्नामका ममस्पर्शी र प्रेमाभाव व्यक्त गर्ने शब्द शृजनामा गायक लिम्बु र गायिका मेलिना बगेका छन् ।

कोरोनाको महामारीबीचको समयमा समेत करिब हप्तादिन लगाएर छांयाङ्कन गरिएको भिडियो रिलिज गरिएसँगै सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । । भिडियोमा धिरज लिम्बु, रेस्मा सम्बाहाम्फे, बिष्णुकुमार ईङ्नाम, मौसम लिम्बु, हेमराज आङ्छेम्बो, नामलिङ ओखाब्रो लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

अनिलकुमार महर्जनले सम्पादन गरेको भिडियोमा नेपाली संस्कृति र परम्परा अनुसार औंठी बैनाको महत्व र प्रेमका रोमाञ्चक दृश्यहरुलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक भिडियोका निर्देशक युगल पोमोले हङकङमा बसेरपनि निर्देशन क्षेत्रमा कमाल गर्दै प्रवासमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।  निर्देशक पोमोले हालसम्म दुईसय भन्दा बढी भिडियोको निर्देशन गरिसकेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ