arrow

इंग्लिस प्रिमियर लिगः सिटी अगाडि, युनाइटेड रोकियो

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
man-city13.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शनिबार राति केही अप्रत्याशित परिणाम आएका छन् । फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । शीर्ष स्थानको सिटीले पुछारको शेफिल्ड युनाईटेडलाई १–० गोल अन्तरको साँघुरो जित निकालेको हो । 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे । जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए ।

अन्य खेलको नतिजा
आर्सनल ०–० म्यान्चेस्टर युनाइटेड
एभर्टन ०–२ न्यूकासल युनाइटेड
क्रिष्टल प्यालेस १–० वुल्भरह्याम्पटन वान्डेरर्स 
वेष्टब्रोमविच आल्बियन २–२ फुल्हम 
साउथह्याम्पटन ०–१ एस्टन भिल्ला 

अंक तालिका 
लिग तालिकामा २० खेलबाट ४४ अंकसहित म्यान्चेस्टर सिटी शीक्र्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको २१ खेलबाट ४१ अंक छ । तेस्रो स्थानको लेस्टर सिटीको २० खेलबाट ३९ अंक छ । 

चौथो स्थानको लिभरपुलको २० खेलबाट ३७ अंक छ । नवौं स्थानको आर्सनलको २१ खेलबाट ३१, दशौं स्थानको चेल्सीको २० खेलबाट ३० अंक छ । 

फुल्हम, वेष्टब्रोम र शेफिल्ड रेलिगेशन क्षेत्रमा छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ