arrow

सलाहको दुई गोलले लिभरपुल विजयी, टोटनह्याम रोकियो

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
salaha4.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

वेष्टह्यामको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे । जर्जिनियो विज्नाल्डमले एक गोल थपे । वेष्टह्यामका क्रेग डसनले एक गोल फर्काए ।

अन्य खेलको नतिजा
चेल्सी २–० बर्नली
लेस्टर सिटी १–३ लिड्स युनाइटेड
ब्राइटन एन्ड हभ आल्बियन १–० टोटनह्याम हट्सपर

अंक तालिका
२० खेलबाट ४४ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । म्यान्चेस्टर युनाइटेड २१ खेलबाट ४१ अंकसहित दोस्रो स्थानमा छ । लिभरपुल २१ खेलबाट ४० अंकसहित तेस्रो स्थानमा पुगेको छ । 

२१ खेलबाट ३९ अंकसहित लेस्टर सिटी चौथो स्थानमा छ । वेष्टह्याम २१ खेलबाट ३५ अंकसहित पाँचौं स्थानमा छ । 

३३ अंकबाट टोटनह्याम छैटौं, समान अंकबाट चेल्सी सातौं स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ