arrow

नासा प्रमुख बनिन् भारतीय मुलकी भव्या

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
bhavya-lal-nasa-chief.jpg

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) प्रमुखमा भारतीय मुलकी अमेरिकी भव्या लाल नियुक्त भएकी छिन् । उनी कार्यकारी प्रमुख नियुक्त भएकी हुन् । 

अमेरिकी राष्ट्रपति जोड बाइडेनले नासामा केही परिवर्तन गर्न चाहेको भन्दै भव्यालाई कार्यकारी प्रमुख दिएका हुन् । भव्या अन्तरिक्ष वैज्ञानिक हुन् । 

नासाले भव्या हरेक तरिकाबाट उक्त पदका लागि योग्य रहेको बताएको छ । उनले २००५ देखि २०२० सम्म टेक्नोलोजी पोलिसी इन्स्टिच्युटमा डिफेन्स एनालाइसिस विङकी सदस्य तथा अनुसन्धानकर्ता भएर काम गरेकी थिइन् । 

नासाले अन्तरिक्ष प्रविधि, अन्तरिक्ष रणनीति र नीतिगत तहमा भव्याको खास अनुभव भएको समेत स्पष्ट पारेको छ । उनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा नीति तथा राष्ट्रिय अन्तरिक्ष परिषदमा समेत काम गरेकी थिइन् । 

भव्याले यसअघि पनि नासालाई सल्लाह दिँदै आएकी छिन् । 

   



नयाँ