arrow

टर्कीले फुटबल पावर हाउस स्पेनलाई रोक्ला ?

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
Spain-vs-Turkey-fixtour.jpg.jpeg
काठमाडौं । विश्व फुटबल पावर हाउस मानिन्छ स्पेन । डेफेन्डिङ च्याम्पियन स्पेन यसपटकको मुख्य उपाधि दावेदार समेत हो । प्रतिष्ठित फुटबल क्लबको धनी स्पेनमा स्टार खेलाडीहरुको ठूलो जमात छ । दोस्रो विश्वकपका रुपमा लिइने युरोकप फुटबलमा फेरि पनि सन् २०१२ इतिकास दोहोर्याउने पक्षमा स्पेन छ ।
 
फ्रान्समा जारी युरोकपको समूह ‘डी’ मा रहेको स्पेन समूह चरणको आफ्नो दोस्रो खेलमा शनिबार विहान पौने १ बजे टर्कीसंग अ‍ेल्दै छन् । पहिलो खेलको शानदार जितले उत्साही भएको स्पेन टर्कीलाई हराउँदै समूह विजेताका रुपमा नकआउट चरण पुग्न चाहन्छ । यद्यपि, अंकविहिन टर्की स्पेनलाई हरसम्भव रोक्ने प्रयासमा हुनेछ । 
 
हेड टु हेड 
यी दुई आपसमा १० पटक भिड्दा ५ खेल स्पेनले जितेको छ । १ खेल मात्रै टर्कीको पक्षमा रहयो । यस्तै ४ खेलमा कडा प्रतिस्पर्धा भयो । खेल बराबरीमा सकिए । 
 
स्पेन 
विश्व फुटबलमा पावर हाउस मानिने स्पेन जारी प्रतियोगिताको उपाधिको मुख्य दावेदार टोली हो । आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई १–० ले पराजित गर्दै स्पष्ट ३ अंकका साथ समूहको शीर्ष स्थानमा छ । स्पेनले विश्व फुटबलमा एक छत्र राज गरिरहेको छ । सन् १९६४ मा पहिलो पटक युरोकपमा सहभागि भएको स्पेन सन् २०१६ भन्दा अघिसम्म ९ पटक युरोकप खेलिसकेको छ ।
 
९ पटकको सहभागितामा उसले ३ पटक उपाधि जितेको छ, भने एक पटक उप–विजेता बनेको छ  । सन् २०१० को विश्वकप विजेता यो टोलीले जारी युरोकपको लागि भएको छनोट चरणमा भएको १० खेलमा ३ गोल मात्र खाँदै २३ गोल गरेको थियो । 
 
युवा खेलाडीको बर्चश्व रहेको टोलीमा पेड्रो रोड्रिग्वेज, अल्भारो मोराटा, रियाल मड्रिडका लुकास भाज्ग्वेज, एरिज एडुरिज, आन्द्रेस इनिएस्टा, सर्जिओ बुस्केट्स डेभिड सिल्भा, जेरार्ड पीकु,  कप्तान ईकर क्यासिलास जस्ता विश्व स्तरिय खेलाडी छन् । जहाँ सशक्त प्रदर्शनको आँकलन छ । 
 
टर्की 
चौथो पटक युरोकप खेल्ने क्रममा यो युरोकपको आफ्नो खेलमा क्रोसिया विरुद्ध कमजोर प्रर्दर्शन गर्दै नतिजा १–० ले सुम्पिएको टर्कीले आफ्नो दोस्रो खेलमा  प्रतियोगिता सर्वाधिक बलियो टोलीको सामना गर्दैछ । अन्तिम १६ को आशा जिवितै राख्न यो खेलमा कम्तिमा स्पेनलाईजितबाट रोक्नै पर्ने बाध्यतामा टर्की छ । 
 
दोस्रोखेलमा पनि पराजय भोगे प्रतियोगिताबाट बाहिरिनु पर्ने हुन्छ । सन् २००८ मा भएको युरो कपको सेमिफाइनलसम्म पुगेर सबैलाई आश्चर्य तुल्याएको टर्कीलाई स्पेनसंगको भिडन्त निकै कठिन हुनेछ ।



लोकप्रिय समाचार
नयाँ